
नेपालगञ्ज । बाँकेका ५ स्थानीय तहमा चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण गरिएको छ ।
जिल्लाको नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले उनीहरुलाई शीतलहर र चिसोबाट बचाउन भन्दै १ हजार ३ सय ५९ कम्बल वितरण गरेको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
‘अझै पनि कम्बल वितरण जारी रहेको छ, तर सबै विस्तृत विवरण आएको छैन’ उहाँले भन्नुभयो । वितरण गरिएका कम्बलमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ५ सय ८४, कोहलपुर नगरपालिकामा ४ सय ७५ र खजुरा गाउँपालिकामा तीन सय थान वितरण गरिएका छन् । यसबाहेक अधिकांश स्थानीय तहका विभिन्न चोकमा आगो ताप्ने प्रबन्धसमेत गरिएको छ । केही ज्येष्ठ नागरिकलाई फाइबर सिरकसमेत वितरण गरिएको थियो । माघको दोस्रो साताबाट चिसो बढेपछि उनीहरुलाई कम्बल वितरण गरिएको हो ।
केही दिनअघि बसेको बाँकेको विपद् व्यवस्थापन समितिले वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६१ क्विन्टल दाउरा खरिद गरेर जिल्लाका विभिन्न स्थानीय तहमा वितरण गरिएको छ ।
सूचना अधिकृत ज्ञवालीले जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा २०, खजुरा गाउँपालिकामा दुई सय, जानकी गाउँपालिकामा तीन सय ५०, राप्तीसोनारीमा एक सय, जिल्ला विपद् व्यवस्थापन समितिमा दुई सय र नेपाल रेडक्रस सोसाइटी बाँकेमा एक सय कम्बल मौज्दात रहेका छन् । चिसो बढेपछि यहाँका निजी तथा सरकारी विद्यालयले माघ ९ देखि १३ गतेसम्म जाडो बिदा दिएका थिए ।
दिनहुँजसो बिहानको समयमा नेपालगञ्ज आसपासमा बाक्लो हुस्सु लाग्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध