
पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
निर्वाचन मतपरिणाम अनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको छ।
अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८ सय ८ र न्कपा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार महिला क्लस्टरतर्फ शर्माले ३ हजार ६ सय ६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गर्नुभएको छ ।
अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मतभार प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा