
मोरङ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशी प्रदेशमा भोट क्रस भएको खुलेको छ ।
राष्ट्रियसभा निर्वाचनमा ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा नेकपा एमाले उम्मेदवार रुक्मिणी कोइरालाले ४९ मत पाउनुभएको छ ।
सत्ता गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीलाई ४४ मत प्राप्त भएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभा निर्वाचनमा तामेल गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । तर एमाले उम्मेदवारले ४९ मत पाएकाले उहाँले सत्ता गठबन्धन समेत मत पाउनुभएको रहस्य खुलेको हो ।
प्रदेशसभामा सत्ता गठबन्धनको ४७ मत रहेकामा माओवादी केन्द्रकी उम्मेदवार कार्कीले ४४ मत मात्र पाउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ छ । यस अनुसार एमाले उम्मेदवार कोइरालाले २ हजार ५ सय ९७ मतभार पाउनुभएको छ । माओवादी उम्मेदवार कार्कीले २ हजार ३ सय ३२ मतभार पाउनुभएको छ ।
स्थानीय तहका प्रमुख र उपप्रमुखको मत भने गन्न बाँकी नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा