
बाजुरा । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।
जिल्लाका ९ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
यहाँका सात हजार आठ सय ९४ किशोरीलाई यही माघ २२ गतेदेखि चार नगरपालिका र पाँच गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।
शनिबार जिल्ला खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नौ वटै पालिकामा पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने तयारी भइरहेको खड्काले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियानमा विद्यालय जाने सात हजार आठ सय ६० र विद्यालय नजाने ३४ किशोरीलाई खोप लगाइने छ । स्थानीय तहका एक सय १८ विद्यालय, ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने बताउँदै प्रमुख खड्काले अभियानमा दुई सय १० स्वास्थ्यकर्मी र चार सय १८ स्वयम्सेवक खटिने जानकारी दिनुभयो ।
देशभर एचपिभीे खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभरी एकै साथ सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइए पनि बाजुरामा भने सतप्रतिशत पुर्याउने लक्ष्य राखिएको निमित्त स्वास्थ्य कार्यालय प्रमुख खड्काले उल्लेख गर्नुभयो । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताउनुभयो । किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले खोप अभियानलाई सफल बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने भन्दै अभिभावकलाई आफ्ना छोरीलाई खोप लगाउन सम्बन्धित केन्द्रमा पठाउन आग्रह गर्नुभयो । उहाँले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध