
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्नु हुने भएको छ ।
राष्ट्रियसभा निर्वाचनमा मेयर साहले मतदान नगर्ने उहाँको प्रमुख स्वकीय सचिव भूपदेव साहले जानकारी दिनुभएको छ । ‘उहाँ मतदान गर्न जानु भएको छैन’ स्वकीय सचिव भूपदेवले भन्नुभयो– ‘कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन ।’
स्वतन्त्र रुपमा उठेर काठमाडौँको मेयर बन्नुभएका साहले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा भने मतदान गर्नुभएको थियो । मेयर साहले त्यसबेला प्रदेशसभा तर्फका उममेदवारलाई मत नदिई प्रतिनिधिसभा तर्फलाई मात्रै दिनुभएको थियो ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशको तर्फबाट हेटौंडामा मतदान भइरहेको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल भने मतदानको लागि हेटौंडा पुगिसक्नुभएको छ । नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित डंगोल पार्टीका अरु मतदातासँगै हेटौंडा जानुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा