
बाँके । बाँकेमा पाटेबाघ मृत भेटिएको छ । राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको हो ।
आज बिहान गएको गस्ती टोलीले त्यो कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतावस्थामा भेटिएको पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ ।
‘बाघको पछाडिको भागलाई वन्यजन्तुले खाएको अवस्थामा गस्ती टोलीले फेला पारेको हो’ सूचना अधिकारी पँगेनीले भन्नुभयो– ‘बाघ भर्खरै नभई दुई तीनअघि नै मरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’ उहाँका अनुसार मृतावस्थामा भेटिएको त्यो पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रुपमा भएको बताउनुभयो । मृत फेला परेको पाटेबाघको फरेन्सिक जाँचका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट चिकित्सक टोली बाँके राष्ट्रिय निकुञ्ज आउँदै गरेको उहाँले बताउनुभयो ।
निकुञ्ज प्रमुख कँडेलले बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले प्रत्येक दिन निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा बिहान, दिउँसो र साँझ गस्ती गर्ने गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध