
नेपालगञ्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा २० प्रजातिका चरा भेटिएका छन् ।
जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।
चराका त्यस्ता प्रजातिमा चखेवा लगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताउनुभयो । ‘ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ’ उहाँले भन्नुभयो ।
त्यसबाहेक तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान सङ्कटमा परेको उहाँको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा २ सय ७६ चरा भेटिएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले दुई दिनको अवधिमा चराविज्ञ जोशीसहितको टोलीले गरेको सर्वेक्षणमा ती चरा भेटिएको जानकारी दिनुभयो । उहाँले राप्ती नदीको आसपास क्षेत्र, स्थानीय वन, कान्ति ताल र सुतैया तालमा विभिन्न प्रजातिका चरा भेटिएका र उनीहरुको बासस्थान सुरक्षित रहेको पाइएको बताउनुभयो ।
वर्षेनी हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध