
नवलपरासी । करिब ८ करोड रुपैयाँ लागतमा जिल्ला समन्वय समिति (जिसस) नवलपरासीको प्रशासनिक भवन निर्माण भएको छ ।
रामग्राम नगरपालिका–४ स्थित दुई बिघा दस कठ्ठामा भवन निर्माण भएको हो । जिससको कामकाज यसअघि भाडाको भवनमा रहेको कार्यालयबाट भएको जिसस प्रमुख भगौतीप्रसाद यादवले बताउनुभयो ।
उहाँले जिससको नवनिर्मित भवन नजिकै १६ करोड रुपैयाँमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको समेत योजना बनाइएको बताउनुभयो । यद्यपि अहिले स्रोत व्यवस्थापनको काम भइरहेको उहाँको भनाइ छ ।
भगवान बुद्धको अष्टधातु भएको रामग्राम स्तूपदेखि करिब तीन किलोमिटर उत्तरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आवश्यकता भएसँगै निर्माणको तयारी शुरु गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध