
कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ ।
गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिनुभयो ।
नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नम्बर ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन्भने सोही वडाका दलित तथा अति विपन्न गैरदलितहरुका लागि पाँच घर निर्माण भएका छन् ।
यस्तै वडा नम्बर ३ स्थित बल्चौर बादी बस्तीमा सात घर निर्माण गरिएका छन् । त्यही कार्यक्रमअन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । शाहीका अनुसार चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले घर निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । असार मसान्तसम्म पालिकाका १० वटै वडा छुनेगरी काम शुरू गरिनेछ ।
‘जनता आवास भनेर हामीले पहिला ५० लाख रुपैयाँ विनियोजन गरेका थियौँ’ नगर प्रमुख शाहीले भन्नुभयो– ‘बजेट अपुग भएपछि पुनः ५० लाख थप गरी एक करोड रुपैयाँ बनायौँ र राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण भएका छन् । ३४ घर निर्माणका लागी थप बजेटमार्फत सम्झौता भएर प्रक्रिया अघि बढेको छ ।’
उहाँका अनुसार आवास निर्माणका लागि प्रदेशबाट दुई करोड रुपैयाँ आएकाले काम गर्न थप सहज भएको छ । ‘सुकुम्वासी, मुक्तकमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अब १० वटै वडामा काम गर्छौं’ नगर प्रमुख शाहीले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल