
काठमाडौँ । रुसी सेना भर्ती भएका फेरि अर्का नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको मृत्यु भएको हो ।
सुन्दरको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले जानकारी दिनुभएको छ । अध्यक्ष घलेका अनुसार सुन्दर गएको भदौमा रुसी सेनामा भर्ती हुन् । सुन्दर मृत्युको खबर पुस १२ गते परिवारले थाहा पाएका छन् । सुन्दरसँगै रुसी सेनामा रहेका साथीहरुले परिवारलाई मृत्युको खबर पठाएका हुन् ।
गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानका अनुसार ३ दिन अघि रुसी सेनाका एक जना कमाण्डरले उनको मृत्यु भउको पुष्टि हुने तस्बिर पठाएका थिए । ‘रुसका एक जना कमाण्डरले मृतकका फोटोहरु परिवारलाई पठाएका छन्’ उपाध्यक्ष गलानले भन्नुभयो – ‘मृतकको लाशको फोटोहरु प्राप्त भएपछि परिवारले मृत्यु भएको स्वीकार गरिसकेको छ ।’
रुस–युक्रेन युद्धमा जीवन गुमाएका सुन्दर नेपाली सेनाको जागिर छोडेर रुस गएका हुन् । उनको आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा