
काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ । कोशी प्रदेशमा एक हजार आठ सय १४ रोपनीमा, काठमाडौँ उपत्यकामा एक सय २०, गण्डकी प्रदेशमा तीन सय ४५, लुम्बिनी प्रदेशमा एक सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।
त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल