
सप्तरी । राजविराजमा जनमत पार्टीका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास जनमतले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
झडपमा मधेशका शिक्षामन्त्री र ३ जना सांसद घाइते हुनुभएको छ । झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी सामान्य घाइते हुनुभएको जनमतका सचिव विपी साहले जानकारी दिनुभएको छ । सचिव साहका अनुसार उहाँहरुलाई प्रहरीको लाठी लागेको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यासमा अवरोध गर्न खोजेपछि त्यसलाई नियन्त्रण गर्न जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको जानकारी दिनुभएको छ ।
जनमतको विरोधबीच मधेश कृषि विश्वविद्यालय जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्नुभएको छ । राजविराज नगरपालिका वडा नम्बर १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालय भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा