
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा डाक्टर शम्वुद्ध भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
डा भट्टाचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरेको हो । डा भट्टाचार्यलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभएको छ । ।
प्रवक्ता रेग्मीका अनुसार डा भट्टाचार्यले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको पाइएको छ ।
प्रहरीले डा भट्टाचार्यको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा