
काठमाडौंँ । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनले काम गर्न नपाउनु हुने भएको छ ।
कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनलाई अदालतले काम गर्न रोक लगाएको छ । उच्च अदालत पाटनले कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनलाई कामकाज नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
पशुपति क्षेत्र भरत मरासिनीले कोषको कार्यकारी निर्देशकमा योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै २६ पुस १६ गते उच्च अदालतमा रिट निवेदन दर्ता गर्नूभएको थियो । उच्च अदालतले मरासिनीको रिट सुनुवाइ गर्दै कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनलाई कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
संचार क्षेत्रकी पुनलाई नेकपा माओवादी केन्द्रको योजना अनुसार पुस ४ गते पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा