
काठमाडौँ । विभिन्न मद्धामा फरार १३ सय जना पक्राउ परेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकालालाई अदालतसमक्ष पेश गरिएको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो । चालु आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ रुपैयाँ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ । प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।
यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल