
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले प्रतिष्ठान उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले उपकुलपति डा प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीले उपकुलपति डा कार्कीलाई ंतपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनूस्, तपाईं धरान जानूस्, कार्यकारिणी समितिको बैठक बोलाउनूस, अन्तर्वार्ताको मिति तोक्नुहोस र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नूस्” भन्नुभएको छ ।
प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति