
काठमाडौँ । भक्तपुरमा बाबुछोरा मृत फेला परेका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उहाँका छोरा प्रवीण मृत फेला परेका हुन् । कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुनुहुन्छ ।
“शनिबार साँझ तीनैजनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव छ,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले भन्नुभयो, “धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ ।”
उहाँका अनुसार, जेठो छोरा फरार छन् । शव अहिले घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानले बताउनुभयो ।
कुलप्रसाद कार्यालयको कामले काठमाडौँ आउनुभएको देखिएको भन्दै डीएसपी न्यौपानेले भन्नुभयो, “घटना कसरी र के कारणले भयो, घटना कसले घटायो प्रहरीले अनुन्धान शुरु गरिसकेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल