
धनुषा । जनकपुरबाट उत्तर प्रदेशस्थित अयोध्या जाने भनिएको रेल यात्रा रद्द भएको छ । भारतले सुरक्षाको कारण देखाउँदै जाने अनुमति नदिएपछि रेल यात्रा रद्द भएको हो ।
अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको जनकपुरबाट त्यसतर्फ यात्रुलाई रेलमा तयारी भइरहेको थियो । नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले शनिबार बिहान सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी गराउनुभएको थियो । शनिबार दिउँसोदेखि टिकट बुकिङ समेत गरिएको थियो । रेल आज बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने तयारी भइरहेको थियो । तर रेल्वे कम्पनीले अन्तिममा भारतले अनुमति नदिएकाले रेल सेवा रद्द भएको जानकारी गराएको छ ।
जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरले भारतले सुरक्षाको कारण देखाउँदै अनुमति नदिँदा अयोध्या जाने रेल सेवा रद्द गरिएको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा