
दाङ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे रड प्रहार गरी हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् ।
स्थानीय मीना थापा र शिला चौधरील रड प्रहार घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा