
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च बेलायतको छैटौ अधिवेशन सम्पन्न भएको छ ।
बेलायतको ह्यारो स्थित नेवाः छे माया पवमा भएको कार्यक्रमना एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी इन्चार्ज /संयोजक श्रीप्रसाद साहको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा बिशेष अतिथिका रूपमा युरोप समन्वय कमिटी संयोजक तथा प्रवास समन्वय कमिटी सदस्य उमेशराज मोक्तान र प्रवास समन्वय कमिटी सदस्य कृष्ण तिवारी लगायतको उपस्थिति रहेको थियो। अक्टोवर १३ मा आयोजक कमिटी गठन भएकोमा यो अधिवेशनले देबेन्द्र श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष देबेन्द्र श्रेष्ठ , उपाध्यक्ष मोहन गौतम , उपाध्यक्ष गोबिन्द उप्रेती , महासचिव रमेश बटाला , सहसचिव एल बि तामांग , आर्थिक विभाग प्रमुख वैभव कसोधन सदस्यहरु दिनेश अधिकारी जेम्स श्रेष्ठ इलियास अन्सारी सहित १३ सदस्यीय कमिटी गठन गरेको छ ।
यसैगरी उमेशराज मोक्तान शुशिला राई र कृष्ण तिवारीसहित ३ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद साहले कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा युरोप संयोजक उमेशराज मोक्तान र निवर्तमान अध्यक्ष कृष्ण तिवारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा