
इटहरी । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो ।
“इटहरी उपमहानगरपालिकाले यो कामको सुरूवात भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “पहिलो चरणमा दुई वटा पुरानो मोटरसाइकललाई सम्याति इलेक्ट्रो व्हील्स प्रालिको सम्झौता गरी विद्युतीयमा रूपान्तरण गरिएको छ ।” सो कम्पनीका सञ्चालक ई.आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सम्भव भएको बताउनुभयो ।
सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पूरा गरेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताउनुभयो । इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याव समेत स्थापना समेत गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याव स्थापना गरिएको नगर प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा