
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट संकलन भई शुद्धीकरण गरिएको सुनचाँदी बोलपत्र आह्वान गरेर बिक्री गरिने भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले प्रचलित दररेटमा बोलपत्रमार्फत् बिक्री गरिने जानकारी दिनुभएको छ । शुद्धीकरण गरेपछि रहेको १ सय ७८ तोला सुन र ६१ किलो आठ सय ग्राम चाँदी बिक्रीको तयारी भएको निर्देशक हाङवाङले बताउनुभएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार ०७९ भदौ ५ गते देखि ०८० मंसिर १६ गतेसम्म संकलन भएको उक्त परिमाणको सुन प्रचलित दररेटमा बिक्री गरिनेछ।
पहिलो चरणमा ८६ तोला ९३ लाल र दोस्रो चरणमा ९१ तोला ८९ लाल शुद्धीकरण गरी कुल १ सय ७८ तोला ८२ लाल शुद्ध सुन रहेकाले सो सुनलाई रकमान्तरण गर्न बोलपत्रमार्फत बेच्न लागिएको थेबेले बताउनु भयो उहाँका अनुसार संकलन भएको ९२ किलोग्राम ६ सय ५० ग्राम चाँदी शुद्धीकरण गर्दा ६१ किलो ८ सय ग्राम भएको छ।
क्षेत्र विकास समितिको बुधबारको वैठकले पाथीभरा मन्दिरबाटै संकलन भएको ६ हजार पाँच सय ३९ किलोग्राम तामाबाट पाथीभरा क्षेत्रमा प्रवेशद्वार बनाइने निर्णय गरेको छ। माथिल्लो फेदीस्थित कान्छीथानमा तामाकै स्वागतद्वार निर्माण भइसकेको छ। तामाको स्वागतद्वारा कति वटा र कहाँ–कहाँ बनाउने भन्ने विषयको निर्क्योल भने पछि गरिने अध्यक्ष थेबेले बताउनु भयो । मन्दिरमा तीर्थालुले चढाएका घन्टीलगायतका अन्य सामग्रीहरूको व्यवस्थापनको प्रक्रियासमेत छिट्टै सुरु हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा