
पाँचथर । पाँचथर जिल्लाका तीन वडा बाहेका सबै वडाहरु ग्रामीण क्षेत्रमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । जिल्लाका ६० वटा वडाहरुमध्ये ३ वटा वडा शहरी क्षेत्रमा परेका छन् । बाँकी सबै वडा ग्रामीण क्षेत्रमा परेका छन् ।
तथ्यांक अनुसार फिदिम १, २ र ४ बाहेक जिल्लाका ५७ वटा वडाहरु ग्रामीण क्षेत्रमा परेका छन् । ११ औँ राष्ट्रिय जनगणना २०७८ को पुरक प्रतिवेदनका रुपमा राष्ट्रिय तथ्यांक कार्यालयले सहरी र ग्रामीण क्षेत्र र त्यहाँको जनसंख्यासहित सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो देखाएको हो ।
प्रतिवेदनमा नेपाललाई सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्यांकलाई समायोजन गरी वैज्ञानिक विधिबाट वर्गीकरण गर्दा यस्तो तथ्यांक आएको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा