
बाजुरा । जिल्लाका पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट आज दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको उद्धार गरी सुर्खेत पठाइएको डा रञ्जित शाहले बताउनुभयो ।
खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको डा शाहको भनाइ छ । गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेशन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको डा शाहको भनाइ छ ।
डा शाहका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको हो । गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।
दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सो जटिल बिरामीलाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा