
काठमाडौँ । राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ। विभागले स्रोत नखुलेको रकमसहित नरेश अग्रवाल र उनका सहयोगीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई क्षेत्रपाटीबाट पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिनुभएको छ। अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागमा आएपछि त्यसबारे अनुसन्धान गर्ने क्रममा उनीहरुसँग स्रोत नखुलेको उल्लेखित रकम भेटिएको हो ।
महानिर्देशक ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ। अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरुको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा