
दार्चुला। दार्चुलामा भएको बस दुर्घटनामा घाइते भएका १६ जनाकै परिचय खुलेको छ ।
घाइते हुनेमा बैतडीको पाटन नगरपालिका १ का १७ वर्षीय लक्ष्मण महरा, अपिहिमाल गाउँपालिका ३ का १७ वर्षीय भरत धामी, दशरथचन्द नगरपालिका ४ का २४ वर्षीय प्रशान्त पौडेल, व्यास गाउँपालिका ४ का ५४ वर्षीय परमानन्द भट्ट, महाकाली नगरपालिका ५ का ६० वर्षीय पशुपति टमटा, महाकाली ५ कै १९ वर्षीय निरुता ओड, महाकाली १ का लालसिंह कार्की, दार्चुलामा कार्यरत एपिएफ जवान मेलौली ६ का ३९ वर्षीय तारादत्त ओझा, सवारीचालक कञ्चनपुरको कृष्णपुर नगरपालिका २८ वर्षीय महेश भट्ट, मार्मा ६ का ४० वर्षीय नरेन्द्र धामी, दुहुँ ३ का ३५ वर्षीय हर्कसिंह कार्की, महाकाली १ का ३९ वर्षीय जगत कार्की र कञ्चनपुर शुक्लफाँटा १ का २३ वर्षीय भुवन ठगुन्ना रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइतेमध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलीपबहादुर बमको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धनगढी रिफर गरिएको र उहाँसगै सामान्य घाइते भएका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाति हिमान्सु बमलाई पनि धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताउनुभयो । थप अहिले एकजना घाइते थपिएको र १३ जना घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको उहाँले बताउनुभयो । अझै एक र दुई जनालाई बाहिर रिफर गर्नुपर्ने हुन सक्ने सूचना अधिकारी भट्टले बताउनुभयो ।
एकै घरका ४ वर्षीय बालकसहित तीन जना घाइते भएपछि परिवारजन चिन्तित छन् । घाइतेहरुको रिपोर्ट आउन अझै बाँकी रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा