
काठमाडौँ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडाँैबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पु¥याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पीडितको श्रीमान रोजगारीका सिलसिलामा बु्रनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले तिमीलाई ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनि झुक्याएर भारत लगी १० हजार भारुमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा