
काठमाडौँ । नेपाल वायुसेवा निगमको ग्राउण्डेड भएको वाइड बडी जहाज आजदेखि उडेको छ । सोमबारदेखि ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले मर्मतपछि बिहीबारबाट नियमित उडान थालेको हो ।
जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे २ सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभएको छ । सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको तयो जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो ।
निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई व्टा न्यारो बडी र दुई वटा वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा