
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । क्यान्सरबाट पीडित जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
लामो समयदेखि क्यान्सरबाट पीडित रहनुभएकी जोशीको स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित आफ्नै निवासमा निधन भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिनुभएको छ ।
जोशी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । जोशी नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको सदस्य समेत हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा