+

पश्चिम दाङ जोड्ने सडक निर्माण शुरु

दाङ ।  पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण शुरु भएको छ । 

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण शुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ । 

शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष  एक करोड ४० लाख र चालु वर्षमा  एक करोड ८२ लाख रुपैयाँ पेश्की प्रदान गरिएको छ । ‘अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम शुरु गरेको छ’ उहाँले भन्नुभयो । 

हाल गहतेखोलाबाट ८ दशमलव ८ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ ।  सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ । 

त्यो सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै