
सुर्खेत । पञ्चपुरी नगरपालिकामा छोरी बलात्कार र छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । छोरी बलात्कार र १८ वर्षीय छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको हो ।
कैलालीको टिकापुर १ बाट बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका बुबामाथि आफ्नै छोरीलाई बलात्कार गरेको र १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको आरोप लागेको छ । पक्राउ लगत्तै उनलाई टिकापुरबाट सुर्खेत ल्याउन लागिएको सुर्खेतका निमित्त प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिनुभएको छ ।
बहिनीलाई बलात्कार गरेको र भाइलाई मारेको आरोपमा दाइले बुबाविरुद्ध जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकका दाइले कात्तिक १५ गते जाहेरी दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा