
धनकुटा । व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ ।
कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा विकास केन्द्रको स्थापना गर्न लागेको हो । केन्द्रको स्थापनाले जिल्लाका किसानलाई माछाका भुरा लिन तराईका जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयका निमित्त प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।
“नर्सरीमा ह्याचरीबाट माछाका साना भुरा ल्याएर यहाँको वातावरण अनुकूलन बनाएर वितरण गरिनेछ”, उहाँले भन्नुभयो । केन्द्रको स्थापनाका लागि विज्ञको टोलीले जिल्लाका विभिन्न स्थानको सर्भेक्षण गरिरहेको ढुङ्गानाले जानकारी दिनुभयो । आधिकारिक तथ्याङ्क नभए पनि जिल्लामा खपत हुने ९० प्रतिशतभन्दा बढी माछा तराई र भारतबाट आपूर्ति हुने गरेको छ । त्यसका कारण जिल्लामा प्रशस्त माछापालनको सम्भावना रहेकाले केन्द्रको स्थापनापछि व्यावसायिक माछा उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने ढुङ्गानाको भनाइ छ ।
प्रदेश सरकारको रु पाँच लाखको लागतमा भुरा नर्सरी स्थापनाका लागि आवेदन खुला गरिएको केन्द्रका अधिकृत पुष्प दाहालले जानकारी दिनुभयो । माछाको भुरा उत्पादन केन्द्रबाट जिल्लाभरिका माछापालक किसान लाभान्वित हुने दाहालले जानकारी दिनुभयो । हाल जिल्लामा तीन कार्प र एउटा रेन्बो ट्राउट माछा फार्म रहेको दाहालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा