
पाँचथर । पाँचथरको स्वास्थ्य क्षेत्रमा तुम्बेवा गाउँपालिका उत्कृष्ट भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य क्षेत्रमा तुम्बेवा उत्कृष्ट ठहरिएको हो ।
स्वास्थ्य संस्थातर्फ प्रथम स्वास्थ्य चौकी थर्पु याङवरक र उत्कृष्ट खोप कार्यकर्ता याङवरकथर्पुकै नरेश काम्बाङ घोषित भएका छन् । खोप कार्यक्रमका विभिन्न सूचकका आधारमा उत्कृष्ट छनौट गरिएको कार्यालयका प्रमुख तेज बहादुर तुम्बापोले जानकारी दिनुभएको छ ।
स्थानीय तहका स्वास्थ्य संयोजक सहितको जिल्ला खोप समन्वय समितिको बैठकमा नतिजा घोषणा गरिएको हो । कार्यसम्पादन मूल्यांकनमा हिलिहाङ गाउँपालिका दोश्रो भएको छ । उत्कृष्ट स्वास्थ्य संस्थामा क्रमशः दोश्रोदेखि दशस्थानसम्म भारपा, प्राङबुङ, लालिखर्क, यासोक, मौवा, पौवासारताप र खादु्रङ छन् ।
खोप कार्यकर्ता दोश्रोदेखि दश स्थानसम्म क्रमशः उर्मिला लक्सम, कल्पना नेम्बाङ, यसोदा लिङदेन, रवि प्रसाद आचार्य, लक्ष्मी अधिकारी, बालकृष्ण दाहाल र सिर्जना राई घोषित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’