
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा नक्कली मदिरा उत्पादन भइरहेपछि प्रहरीले छापा मारेको छ ।
थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिएर बसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभएको छ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक कमलामाई नगरपालिका–९ घर भई हाल मूलपानी बस्दै आएका २८ वर्षीय गौरव तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ बस्ने २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुली कमलामाई नगरपालिका–७ घर भई कोटेश्वर बस्ने ४० वर्षीय लेखविक्रम थापा छन् ।
रामेछाप मजुवा गाउँपालिका–३ गाघर भई मूलपानी बस्ने २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेवी नगरपालिका–२ घर भई हाल काठमाडौँ मुलपानी बस्ने २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई हाल काठमाडौँ मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की रहेका छन् । पक्राउ परेका विनोद कार्कीको थलीस्थित कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी गर्ने गरेको तथा उनीहरुले आन्तरिक राजश्व कार्यालय अन्तःशुल्कका ‘स्टिकर’हरु समेत नक्कली बनाएर प्रयोग गर्ने गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठोरले बताउनुभयो ।
‘नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने गरेको गोप्य सूचना प्राप्त भएपछि हामीले खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा, मदिरा बनाउन प्रयोग गर्ने समानहरु, अन्तःशुल्कका नक्कली स्टिकर, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद गरेका छौँ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’