
बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेको भन्दै व्यापारीहरूले आज बजार बन्द गरेका छन् ।
जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको र अरू व्यापारी पनि असुरक्षित भएको भन्दै उनीहरूले बजार बन्द गराएका हुन ।
सोमबार दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ४८ वर्ष पुरानो कपडा पसलमा आगलागी भएर ध्वस्त भएको थियो । आगलागी भएको आधा घण्टापछि मात्रै जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । पानी सकिएपछि भर्न गएको दमकल एक घण्टासम्म पनि आइपुगेको थिएन । तर दमकल आइपुग्ने बेलासम्म पसल नष्ट भइसकेको थियो । स्थानीयले खानेपानीको मुख्य पाइप लाइन तोडेर आगो निभाएका थिए ।
दमकलमा फेरि पानी भर्नका लागि नजिकै पहुँच मार्ग नबनाउनु आफूहरूको कमजोरी रहेको र यो घटनाबाट पाठ सिक्दै आउँदा दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद्सम्बन्धी तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै बजार बन्द गराएको बताउनुभयो । विपद् प्रतिकार्यका लागि प्रभावकारी व्यवस्थापन गर्न नगरपालिकालाई ज्ञापन पत्र दिने तयारी भइरहेको उहाँको भनाइ छ ।
हिजो दिउँसो चैनपुर मेन चौराहमा वीरेन्द्र सिंहले सञ्चालन गर्दै आउनुभएको जङ्गबहादुर स्टोरमा आगलागी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा