
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । अहिले लुक्ला आसपासमा ठुलो मात्रामा हिमपात भएको उहाँको भनाइ छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएका्े छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन, देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु तथा कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा