+

धुलिखेल खानेपानीमा जर्मनीले सहयोग गर्ने

काभ्रे ।  बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । 

जर्मन सहयोग नियोग (जीआइजेड) मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले १ करोड ४५ लाख रुपैयाँ सहयोग गर्ने नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उहाँले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिनुभयो । आयोजना पुनर्निर्माण गर्न ३ करोड ५१ लाख रुपैयाँ खर्च हुने उहाँको अनुमान छ ।

जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै