
काठमाडौँ । प्रधानमन्त्रीको सचिवालयमा कार्यरत १३ जना हटाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्ष कार्यकालको समीक्षापछि सचिवालयबाट १३ जनालाई हटाउनु भएको हो ।
प्रधानमन्त्रीको निर्देशन अनुसार माघ १ गते देखि सचिवालयका एक स्वकीय सहसचिव, ४ जना स्वकीय उपसचिव, एक स्वकीय शाखा अधिकृत, २ जना प्रशासन सहायक, २ जना कम्प्युटर सहायक र २ जना हलुका सवारी चालक जिम्मेवारी मुक्त भएका छन् । सचिवालयमा सहसचिव रहनुभउका नारायणप्रसाद ढुंगानासहित १३ जनालाई एक वर्षको कामको धन्यवादसहित बिदा गरिएको प्रधामनन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु दरैले जानकारी दिनुभएको छ ।
प्रमुख स्वकीय सचिव दरैका अनुसार स्वकीय उपसचिवहरु रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथलाई बिदा गरिएको छ । स्वकीय शाखा अधिकृत लाले कुमालसँगै प्रशासन सहायकद्वय युवराज शाह र रामलाल पराजुली पनि हटाइएको छ ।
कम्प्युटर सहायक बासुदेव शर्मा तथा खड्क योगी, कार्यालय सहयोगी अविनाश वाइवा, हलुका सवारी चालकद्वय रमेशप्रसाद घिमिरे र पवित्रबहादुर शाहीलाई पनि जिम्मेवारी मुक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा