
काठमाडौँ । रुसी सेनामा भर्ती भएका लमजुङ दूधपोखरी वाईसीएल अध्यक्षको मृत्यु भएको छ । रुसी सेनामा रहेका दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो ।
साजनको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभएको छ । वडाध्यक्ष दुर्गामानका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका साजनको मृत्यु भएको खबर ५ दिन अघिमात्र परिवारले सुनेका छन् । साजनसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमारलाई घटना सुनाएका हुन् । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको वडाध्यक्ष दुर्गामानले बनाउनुभयो ।
साजन दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष हुन् । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका हुन् । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा