
कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वाड नम्बर ७ का कृषकहरूले वास्तविक किसानलाई लक्षित गरेर कार्यक्रम ल्याउन स्थानिय सरकारसंग माग गरेका छन् ।
किसानका समस्यालाई सम्बोधन हुने गरी स्थानिय सरकारले नीति तथा कार्यक्रम ल्याएर कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न किसानहरुले माग गरेका छन् । अहिले भएका नीति तथा कार्यक्रममा समेटिएका कृषि लक्षित कार्यक्रमलाई पनि प्रभावकारी कार्यान्वयन गर्न किसानहरुले माग गरेका छन् ।
किसानको अबस्थामा सुधार नआएसम्म देशमा समृद्धि नहुने भन्दै किसानका समस्या सुनिदिन तथा कृषिमैत्री नीति तथा कार्यक्रम ल्याउन माग गरेका हुन् ।
बैजनाथ गाउँपालिका ७ का किसान खडिराम थारूले किसानलाई माथि उठाए मात्र देशको समृद्धि हुने धारणा राख्नुभयो । किसानहरूले उत्पादन गरेका अन्नपातमा विचौलिया हावी हुँदा समस्या उत्पन्न भएको उहाँको दाबी छ । कृषकले उत्पादन गरेका सामाग्रीले उपयुक्त बजार नपाउँदा समस्यामा परेको थारुलगायत अन्य किसानको गुनासो छ ।
किसानले उठाएका सवाल र गुनासोहरुको सम्बोधन गर्दै पालिका अध्यक्ष प्रकाश ब. शाही पालिकाले आगामी दिनमा कृषिक्षेत्रलाई प्राथमिकता दिएर किसानमैत्री कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृषि उत्पादन वृद्धि गर्न व्यवसायीक किसानहरूलाई मात्र नभएर जीविकोपार्जनका रुपमा खेतिकिसान गर्दै आएका किसानलाई समेत सरकारले प्राथमिकताका साथ कृषि कार्यक्रममा समेट्ने अध्यक्ष शाहीको धारणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा