पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताउनुभयो । ‘छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ’ उहाँले भन्नुभयो, ‘विगतका छठपर्वका जोखिमका विषय के–के हुन् ? ती विषयलाई सम्बोधन गर्ने गरी सुरक्षा योजना बनाएर अघि बढ्नेछौँ ।’ प्रजिअ अर्यालले जिल्लाका सुरक्षा निकायसँगै नगरप्रहरीसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठपर्व मनाइँदैछ । वीरगञ्जमा सबैभन्दा धेरै दर्शनार्थी तथा अवलोकनकर्ता घडीअर्वा पोखरीमा आउने गर्छन् । त्यसैले घडीअर्वा पोखरीको सुरक्षा चुनौती प्रमुख हुने गर्छ ।
घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर गुप्ताले घडीअर्वा पोखरीमा करिब एक लाख ५० हजार भन्दा धेरै अवलोकनकर्ता आउने भएकाले सुरक्षा चुनौती मुख्य रहने बताउनुभयो ।
छठपर्व कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले घडीअर्वा पोखरीको शान्ति सुरक्षाको लागि २० थान सीसी क्यामेरा जडान गरिसकेको जानकारी दिनुभयो । ‘यहाँ विशेष गरी कात्तिक २२ गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिने बेला र २३ गते उदाउँदो सूर्यलाई अर्घ्य दिने बेला निकै सावधानी अपनाउन आवश्यक देखिन्छ’ उहाँले भन्नुभयो ।
छठघाट परिसरमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतको टोली खटाइनेछ । प्रजिअ अर्यालले विगतका वर्षमा जस्तै यो वर्ष पनि पर्सा जिल्लामा छठपर्व शान्तिपूर्ण वातावरणमा मनाउने गरी आवश्यक तयारी भइरहेको बताउनुभयो ।
सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालले घडीअर्वा पोखरीमा उद्धारसहितका टोली परिचालन गरिने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख कुमोध ढुङ्गेलले छठ पर्वका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते