सुनसरी । सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुनसरीले शुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।
खुल्ला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा गाँजा बरामद गरेको उहाँले बताउनुभयो ।
त्यही अवधिमा ब्राउन सुगर ९१ दशमलव ७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको । बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते