
नेपालगंज । बैजनाथ गाउँपालिकाका किसानहरुले स्थानीय तहका योजनामा कृषकलाई प्राथमिकता दिन माग गरेका छन् ।
गाउँपालिकाका वडा नम्बर ७ का कृषकहरूले स्थानीय सरकारलाई यस्तो आग्रह गरेका हुन् । किसानलाई माथि नउठाएसम्म देश समृद्ध नहुने नीति निर्माण तहमा रहेकाहरुले बुझ्नुपर्ने उनीहरुको भनाई छ ।
बैजनाथ गाउँपालिका ७ का किसान खडिराम थारूले कृषकको उत्पादनमा विचौलियाको हाबी हुँदा समस्या भएको बताउनुभयो । यसमा स्थानीय सरकारले नीति नियम बनाउनुपर्ने उहाँको सुझाव छ ।
जनप्रतिनिधिले आगामी दिनमा कृषिलाई प्राथमिकता दिइ किसानमैत्री कार्यक्रम ल्याउन जोड दिएका छन् । बैजनाथ गाँउपालिकाले बिग बजेटको रूपमा सुचारु गरेको किसानसँग पालिका अध्यक्ष कार्यक्रम अन्तर्गतमा किसानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा