बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।
गौरवका आयोजनाका रुपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन त्यो कृषि थोकबजारको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
कूल ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँको लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिनुभएको छ ।
अनक–माउन्टेन जेभी काठमाडौँले ठेक्का पाएको सो हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारीमा रहेको सचिव भट्टराईले बताउनुभयो । किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या समाधान हुने विश्वासका साथ हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको त्यो कृषि हाटबजारको निर्माण कार्य गत २०७८ साल जेठ ९ गतेदेखि शुरु भएको थियो ।
निर्माण कम्पनीले २०८१ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि समय अपुग भएको भन्दै सात महिना थप गरी मङ्सिर ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।
प्रदेश सरकारको ७०–३० को लगानी मोडलअनुसार हेटौँडा उपमहानगरपालिकाको सहकार्यममा दुई बिघा चार धुर क्षेत्रफल जग्गामा निर्माणाधीन सो कृषि हाटबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायतका सरंचना रहेको प्रदेश सरकारको कृषि विकास निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्लिसिनाले जानकारी दिनुभयो ।
अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको हाटबजारको थोक बजारमा ४० सटर र सिटेलस मार्केटमा २३ सटर रहेको जनाएको छ । एउटै भवनमा दुईवटासम्म लिफ्ट रहेको त्यो भवनको माथिल्लो तलामा पनि सटर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते