
धनुषा । क्षिरेश्वरनाथ नगरपालिकामा एक पुरुष मृत भेटिएका छन् । उनकी पत्नी सख्त घाइते अवस्थामा फेला परेकी छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका(३ महदैयाका राधे सहनी मृत भेटिएका हुन् । उनकी पत्नी अस्मिता सहनी घाइते अवस्थामा फेला परेको रहेको प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिनुभएको छ । ।
प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका हुन् । घाइते पत्नीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।
केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर पत्नीसहित राधे निस्केका थिए । राधेसँगै गएका दुई जना भने फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा