+

विपद् प्रभावितलाई लत्ताकपडा वितरण

सुनसरी ।  बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहत स्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि  राहत सामग्री वितरण शुरु गरेको हो । साडी, बर्को, साबुन, ब्रस, लक्ताकपडा, चप्पल लगायतका सामग्री वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार वडा कार्यलयको सिफारिसका आधारमा स्वास्थ्य संस्था, महिला स्वयम् सेविकाहरुसँग समन्वय गरी उनीहरुलाई सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख कार्कीले भन्नुभयो– ‘राहत सामग्री वितरणले विपद् प्रभावित गरिब परिवारलाई तिहारमा केही सहयोग मिल्ने छ ।’  सोमबार बराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी श्रीलङ्का टप्पुबाट राहत वितरण शुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र नगर संयोजक रवीन घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै