
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् ।
कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानोलाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको बताइएको छ । पक्राउ परेका गोले र स्याङ्तानलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकिएको थियो ।
जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले खोजलतासका क्रममा घरबाटै पक्राउ गरेको हो । पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत मकवानपुर आइतबार नै उपस्थित गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा