
भोजपुर । ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा रहेको उक्त स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा शिलालेखको अनावरण गरिएको हो ।
गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले सेनाले नै त्यसको संरक्षण गर्दै आएको छ । नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी फणीन्द्र थापाले सेनाले गढीको संरक्षणमा गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराउनुभयो । यो एउटा महत्वपूर्ण गढी रहेकोले यसको विकास तथा संरक्षणको लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताउनुभयो । गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले स्थानीयलाई सहज आवतजावतमा केही समस्या देखिएकाले यसको समाधानको लागि योजनाबद्ध रुपमा काम भइरहेको उहाँको भनाइ छ । यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
“यो हाम्रो ऐतिहासिक गढी हो”, अध्यक्ष राईले भन्नुभयो, “यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ । यसलाई पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ । हामीले यसको आसपासमा सङ्ग्रहाय निर्माण गर्ने सोच लिएका छौँ ।”
ऐतिहासिक महत्व बोकेको गढी रहेकाले यसको विकास तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । समाजसेवी ईश्वरमान राईले गढीको संरक्षणमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै, यहाँको गुल्मको स्थायित्वको लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
खण्डहरको रुपमा रहेको यो गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको उहाँको भनाइ छ । हतुवागढी गाउँपालिकामा १ मा रहेको यो गढीमा तत्कालीन किरात राजाहरुले शासन गरेको बताइन्छ । यो गढी समुद्री सतहबाट एक हजार छ सय ३८ मिटर उचाइमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’