
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको हो। दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा