
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले देशलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने र गणतन्त्रवादीले हाम्रो होइनन् भन्ने सोच्न नहुने बताउनुभयो । राष्ट्र निर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘त्यति बेलाको बाइसे, चौबिसे राज्यलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नु भएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ ।’
सभापति लामिछानले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा